रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की « Khabarhub

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताएका छन्।

यस हप्ताको सुरुमा संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ३० दिने युद्धविराममा रुस तुरुन्तै सहमत भएन किनकी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहलको बारेमा प्रश्न उठाएका छन्।

“उनीहरू युद्धविराम अघि बलियो स्थिति चाहन्छन्”, जेलेन्स्कीले किएभमा एक पत्रकार सम्मेलनमा भने, “मलाई लाग्छ प्रक्रियाको ढिलाइ मैले भनेको कुराकै कारणले हो । उनीहरू युद्धक्षेत्रमा आफ्नो स्थिति सुधार गर्न चाहन्छन् ।”

युक्रेनमा आक्रमण गरेको तीन वर्षपछि रुसले मोर्चाका धेरै क्षेत्रमा गति लिएपछि युद्धविरामको प्रस्ताव आएको हो । मस्कोले रुसको कुर्स्क क्षेत्रका भागहरूबाट युक्रेनी सेनालाई पनि हटाएको छ । त्यहाँ युक्रेनले गत गर्मीमा आश्चर्यजनक आक्रमण गरेको थियो ।

जेलेन्स्कीले युद्धविराममा सहमत नभएर पुटिन ट्रम्पको विरुद्ध पनि जाँदै गरेको भन्दै मस्कोमाथि युद्ध समाप्त नगर्ने तरिकाहरू खोज्ने प्रयास गरेको आरोप लगाए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबारे केही मैत्रीपूर्ण बयान दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १० : ४२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द