भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने « Khabarhub

भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा उच्च सम्पत्ति भएका धनाढ्य व्यक्तिहरुको संख्यामा उच्च वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२८ सम्म ‘हाई नेट वर्थ इन्डिभिजुल’ को संख्यामा ९।४ प्रतिशतले वृद्धि हुने अन्तर्राष्ट्रिय वित्तीय सेवा प्रदायक संस्था नाइट फ्रांकले जनाएको छ ।

यससँगै सन् २०२८ सम्म भारतमा यस्ता व्यक्तिहरुको संख्या ९३ हजार ७ सय ५३ जना रहने उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ मा भारतमा यस्ता व्यक्तिको संख्या ८५ हजार ६ सय ९८ जना रहेको नाइट फ्रांकको वेल्थ रिपोर्टमा उल्लेख छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार कुल सम्पत्ति १ करोड अमेरिकी डलरभन्दा धेरै हुनेलाई ‘हाई नेट वर्थ इन्डिभिजुल’ को सूचीमा राख्ने गरिएको छ । हाल भारतमा विश्वका धनाढ्यहरुमध्ये ३।७ प्रतिशतको बसोबास रहेको छ ।

हाल सबैभन्दा धेरै अमेरिकामा ९ लाख ५ हजार ४ सय १३ जना धनाढ्यहरुको बसोबास छ । त्यसपछि चीनमा ४ लाख ७१ हजार ६ सय ३४ जना र जापानमा १ लाख २२ हजार १ सय १९ जना धनाढ्यहरुको बसोबास रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : २६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द