पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी « Khabarhub

पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा स्तन क्यान्सरका लागि प्रयोग हुने अधिकांश औषधि निष्प्रभावी रहेको पाइएको छ । कराँची विश्वविद्यालयको जामिलुर रहमान जिनोमिक रिसर्च सेन्टरले गरेको अध्ययनमा स्तन क्यान्सरका लागि प्रयोग हुने केमोथेरापीका आयातित औषधि निष्प्रभावी रहेको पाइएको हो ।

पश्चिमा मुलुकबाट आयात हुने यस्ता औषधि पश्चिमा मुलुकका मानिसहरुमा परीक्षण हुने गरेको जनाइएको छ । पाकिस्तानी नागरिकको जेनेटिक बनावट पश्चिमा मुलुकका नागरिकको भन्दा फरक हुने भएकाले यस्ता औषधिको प्रभावकारितामा असर परेको जनाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार पाकिस्तानमा प्रयोग हुने क्यान्सरका अधिकांश औषधि पश्चिमा मुलुकका उत्पादन र परीक्षण हुने गरेको छ । पाकिस्तानमा क्यान्सर दर उच्च रहेको बताइन्छ । त्यहाँ प्रायः ३० देखि ४५ वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिन्छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ०० बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६