ताइवानसँग युद्ध लड्न सक्षम र तयार छौँ : चिनियाँ कमाण्डर « Khabarhub

ताइवानसँग युद्ध लड्न सक्षम र तयार छौँ : चिनियाँ कमाण्डर


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ जनमुक्ति सेनाका कमाण्डरले कुनै पनि समय ताइवानविरुद्ध लड्न तयार रहेको बताएका छन् । पूर्वी थिएटर कमाण्डका प्रमुख लिन शियानयाङले कुनै पनि बेला ताइवानविरुद्ध लड्न चिनियाँ जनमुक्ति सेना सक्षम र तयार रहेको बताएका हुन् ।

पछिल्लो समय ताइवान र चीनबीच तनाव बढिरहेका बेला चिनियाँ कमाण्डरको यस्तो भनाइ आएको हो । खासगरी गत मे महिनामा विलियम लाई चिङ तेले ताइवानको राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता सम्बन्धमा तिक्तता आएको छ ।

चिनियाँ गृहयुद्धपछि अलग भएको ताइवानमा लोकतन्त्रिक शासन व्यवस्था रहिआएको छ भने चीनमा कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । चीनले राष्ट्रपति लाई चिङ तेलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिँदै यसबाट थप उत्तेजना पैदा हुने चेतावनी दिने गरेको छ ।

चीनले लामो समयदेखि ताइवानलाई मुख्यभूमि मातहत ल्याउने बताउँदै आएको छ । यसका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ३१ बजे

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष