स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य सेवा निजीकरण गर्न खोजिएको भन्दै पाकिस्तानमा प्रदर्शन भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित अटोकमा रहेका स्वास्थ्य संस्था निजीकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

पञ्जाबको प्रान्तीय सरकारले अटोकमा रहेका आधारभूत स्वास्थ्य एकाई तथा ग्रामिण स्वास्थ्य केन्द्र निजीकरण गर्ने तयारी गरिरहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । प्रदर्शनमा स्थानीय बासिन्दासँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि सहभागी रहेको डनले उल्लेख गरेको छ ।

यसअघि पनि सो क्षेत्रका विभिन्न अस्पताल निजीकरण गरिएपनि स्वास्थ्य सेवा महँगो भएको र गुणस्तर निरन्तर ओरालो लाग्दै गएको प्रदर्शनकारीको दाबी छ ।

उसै पनि स्वास्थ्य सेवा कमजोर रहेको अवस्थामा स्वास्थ्य संस्थालाई निजीकरण गरे त्यसले अझ भयावह अवस्था आउने उनीहरुले चेतवानी दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ३४ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६