सरकारी निकायका अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा: राजपत्रमा के छ ? « Khabarhub

सरकारी निकायका अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा: राजपत्रमा के छ ?


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ।

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ। त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ। सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।

गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ। यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन्।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : २१ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च