वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह « Khabarhub

वार्ता अघि युक्रेनको अवस्था हेर्न ट्रम्पलाई जेलेन्स्कीको आग्रह


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध विराम अन्त्यका लागि वार्ता गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशमा आमन्त्रण गरेका छन् ।

‘कृपया कुनै पनि निर्णय गर्नु अघि र वार्ताका कुनै खाका तयार गर्नु अघि यहाँका बासिन्दा, सर्वसाधारण, सेना, अस्पताल, चर्च, बालबालिकाको अवस्था र मरेको दृश्य हेर्न एक पटक आउनु होला,’ जेलेन्स्कीले सिबीसीसँगको अन्तरवार्तामार्फत भनेका छन्।

आइतबार ३५ जनाका ज्यान जाने गरी सुमिमा भएको आक्रमण भन्दा अगाडि नै सो अन्तरवार्ता लिइएको थियो ।

रुसले इजरायली सेनाको बैठक भइरहेको समयमा मिसाइल प्रहार गरेर ६० जना मारेको दाबी गरिरहेको छ । युक्रेनको ठुलो सहयोगी अमेरिकाले युद्ध विरामका लागि प्रयास गरिरहेको समयमा यो आक्रमण भएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ३८ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक