मुख्यमन्त्री कार्कीबाट सिरुवा पर्वको शुभकामना | Khabarhub Khabarhub

मुख्यमन्त्री कार्कीबाट सिरुवा पर्वको शुभकामना


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहेका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

पर्वका अवसरमा आज  शुभकामना सन्देश जारी गर्दै उनले यस प्रदेशमा आदिकालदेखि बस्दै आएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व रहेको बताए ।

सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ । यो पर्वमा वैशाखभर विभिन्न थानमा मेला लाग्ने भएकाले यसको अलग पहिचान र विशिष्‍टता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यही विविधताका बीचमा हुर्किएको सिरुवा पर्वले हामी सबैलाई सत्मार्गमा हिँड्दै समृद्धिको दिशामा अघि बढ्न प्रेरणा दिने छ । कोशी प्रदेश सरकारले नयाँ वर्षको सुखद् अवसरमा कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा हाम्रा मौलिक पर्वहरूले आम नेपालीलाई मात्र नभई अन्य मुलुकका नागरिक एवं पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिएका छौँ । हाम्रो देशमा भएका सांस्कृतिक र धार्मिक विविधताको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रको विकाससँगै रोजगारीका अवसर सृजना र समुन्नतिको मार्ग निर्माण गर्न टेवा पुग्ने छ ।’

कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५७ बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत