कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा « Khabarhub

कालीकोटको लालु–लैफु सडक निर्माण अन्तिम चरणमा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोटको लाल–लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका– ५ का स्थानीय जगतबहादुर शाहीले बताए ।

कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु–लैफु सडकको रास्कोट–पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उनले जानकारी दिए । ‘धेरै पहिलादेखि निर्माणसम्बन्धी बहस भइरहेको लालु–लैफु सडकले अहिले सार्थकता पाएको छ’, उनले भने, ‘अहिले सडकमा गाडी गुड्न थालेका छन् ।’

सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु–लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताए । सोमध्ये रास्कोट– ५ बाट पचालझरना गाउँपालिका– ९ सम्मको करिब आठ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उनले जानकारी दिए ।

‘विसं २०८० पुस गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ’, उनले भने, ‘बायोइञ्जिनियरिङको कामबाहेक अरु सबै काम अबको दुई महिनाभित्र पूरा हुने विश्वास लिएका छौँ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइञ्जिनियरिङको काम गर्नुपर्ने हुन्छ ।’

तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिए । उनका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ । कूल २८ करोडको बजेटमा निर्माण हुने उक्त सडक २१ करोडमा ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष १४ करोड खर्च भएको छ भने चालु आवमा पाँच करोडबाट काम भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : २४ बजे

खैरहनी नगरपालिकाबाट धानको बीउमा ५० प्रतिशत अनुदान

चितवन– चितवनको खैरहनी नगरपालिकाले नगरभित्रका किसानलाई लक्षित गरी बर्खे धानको

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी