गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन « Khabarhub

गगन थापाको गुनासो- जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न सकेन


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् । 

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश, उत्साह र समर्पण सरकारको नेतृत्वबाट हुन नसकेको जिकिर गरे ।  

नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे । यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा राखे । राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उनले बताए ।  

थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोसा जनतालाई महसुस गराउन सक्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ११ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’