रिलायबल म्युचुअल फण्ड बुधबारबाट निष्कासन हुने  « Khabarhub

रिलायबल म्युचुअल फण्ड बुधबारबाट निष्कासन हुने 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलायबल समृद्धि योजना बुधबार (वैशाख ३ गते )देखि निष्कासन हुने भएको छ । जसको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ । 

बन्दमुखी म्युचुआल फण्ड १० वर्षका लागि खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट गत चैत १९ गते स्वीकृत भएको फण्डले भोलिबाट सर्वसाधारणको लागि खुल्ला गर्ने भएको छ । 

उक्त फण्डमा न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्तासम्म आवेदन दिन पाइने छ । 

फण्ड १० रुपैयाँका दरले १० करोड कित्ता रहेको छ । जसमा १५ प्रतिशत एक करोड ५० लाख कित्ता रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख कित्ता योजना व्यवस्थापक इन्भेष्टमेलाई, १ प्रतिशत अर्थात् १० लाख कित्ता सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख कित्ता सर्वसाधारणको लागि जारी गर्ने छ । 

उक्त फण्डको सुपरिवेक्षक विजय बहादुर शाह, भुवन कडेल, शशि निधि तिवारी, सागर कुमार घिमिरे र नीरज श्रेष्ठ रहने छन् । 

म्युचुलअ फण्डको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ०८ बजे

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध