सिन्धुली अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु « Khabarhub

सिन्धुली अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सुरु


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको सिन्धुली अस्पतालमा तीन दिने बृहत् निः शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।  

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र सिन्धुली अस्पतालका साथै हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशन अमेरिकाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, निःशुल्क भिडियो एक्स-रे, जनरल मेडिसिन सेवा, निःशुल्क ल्याबसम्बन्धी सेवा, आँखा जाँच तथा निःशुल्क चस्मा वितरण, दन्त रोग लगायतका सेवा प्रदान गरिरहेको आयोजकले जनाएको छ । 

हेल्पिङ ह्यान्डस् हेल्थ एण्ड एजुकेशनका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी नारायण श्रेष्ठले तीन दिनसम्म अस्पताल परिसरमा निः शुल्क रूपमा स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिए ।
 
सिन्धुली अस्पतालमा तीन दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएपछि अन्य ग्रामीण क्षेत्रमा पनि निरन्तर निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिने श्रेष्ठले बताए । 

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ३२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख