सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली-देउवा एक घण्टा वार्ता « Khabarhub

सरकारबारे कांग्रेस नेताकै आक्रोशबीच ओली-देउवा एक घण्टा वार्ता


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय गठबन्धन सरकारप्रति नेपाली कांग्रेसका नेताहरूको आक्रोश चुलिँदो छ ।

नेता शेखर कोइरालापछि महामन्त्री गगनकुमार थापा पनि केपी शर्मा ओली नेतृत्वको सरकारसँग आक्रोशित छन् । उनले त मंगलबार मात्रै सरकारको गति कछुवाको भन्दा सुस्त भएको टिप्पणी गरेका छन् ।

अर्का नेता एनपी साउद पनि सरकारबारे खुलेर आक्रोशपूर्ण टिप्पणी गरिरहेका छन् ।

कांग्रेस नेताहरू सरकारबारे आक्रमक हुँदा एमाले भने मौन जस्तै छ । सोमबार मात्रै बसेको एमाले सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको थियो ।

नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको हो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् ।

भट्टराईले दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको बताएका छन् ।

यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।

एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दोछ ।

यही तनावबीच प्रधानमन्त्री ओली र देउवाबीच लामो संवाद भएको हो । मंगलबार मात्रै कांग्रेस महामन्त्री थापाले पनि सरकार कामबारे गम्भीर प्रश्न उठाएका थिए। सरकारको प्रस्तुतिबारे प्रश्न उठाउँदै उनले प्रधानमन्त्रिको बेडरुमसम्मै बिचौलियाले कब्जा जमाएको टिप्पणी पनि गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ०८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको