एकै वर्षमा दुई लाख बढीले गरे बन्दीपुर भ्रमण « Khabarhub

एकै वर्षमा दुई लाख बढीले गरे बन्दीपुर भ्रमण


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– २०८१ सालमा दुई लाख दस हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । यो अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका थिए ।

गत जनवरी १ तारिखदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तरमापन कार्यक्रम गरिएका छन् ।

प्रशस्त किनमेल गर्ने र लामो समयसम्म पर्यटकलाई नगर क्षेत्रमा नै आकर्षित गर्ने उद्देश्यका साथ अतिथि सत्कारलगायत गतिविधि गुणस्तरीय बनाइएको छ । पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार, पर्यटकीय सेवासुविधा वृद्धिमा जोड दिइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ४४ बजे

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली