रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी « Khabarhub

रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– रुकुम पश्चिम जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् ।

छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ ।

हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।

केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।

जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए ।

जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै