रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी « Khabarhub

रुकुम पश्चिमका २२ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण, १८ हजार घरमा बाँकी


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– रुकुम पश्चिम जिल्लाको २१ हजार ८५५ घरमा केन्द्रीय विद्युत् प्रसारण जोडिएका छन् ।

छवटा स्थानीय तहमध्ये अझै १८ हजार घरमा केन्द्रीय विद्युत् प्रसारण पुग्न बाँकी रहेको रुकुम पश्चिम विद्युत् वितरण केन्द्र प्रमुख वीरमान रासकोटीले जानकारी दिए ।

प्राधिकरणले केही महिनाअघि जिल्लाका ७३ वडाको लगत सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट दुई हजार ५०० घर थपिने प्राधिकरणको अनुमान छ ।

हालसम्म सानीभेरी गाउँपालिका–५ र ७ तथा आठविसकोट नगरपालिका–३ मा केन्द्रीय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन ।

केन्द्रीय प्रसारण लाइन नपगुेका ती घरहरुमा स्थानीय स्तरमा उत्पादित जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई दुई वर्षभित्र केन्द्रीय विद्युत् प्रसारणको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्र प्रमुख रासकोटीले बताए ।

जिल्लामा सञ्चालन भइरहेको पुनःविद्युतीकरण परियोजना तथा भम्पू चौर सबस्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रीय प्रसारण लाइनमा नसमेटिएका घरपरिवारलाई समेटिने उनले जानकारी दिए ।

जिल्लाभर केन्द्रीय प्रसारण लाइन विस्तार गर्न करिब १६ करोड रुपैयाँ बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी