बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ? « Khabarhub

बेलायती प्रधानमन्त्रीले गत वर्ष कति तिरे कर ?


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती प्रधानमन्त्री किर स्टार्मरले गत आर्थिक वर्ष तिरेको करको विवरण सार्वजनिक भएको छ । गत वर्ष उनले ५४ हजार पाउण्डभन्दा धेरै कर तिरेका छन् ।

बेलायत सरकारले जारी गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०२३–२४ मा प्रधानमन्त्री स्टार्मरले ५४ हजार ७ सय १८ पाउण्ड कर तिरेका हुन् । उनी सो अवधिमा बेलायतको विपक्षी दलको नेताका रुपमा रहेका थिए ।

उनी गत वर्षको जुलाइ महिनामा मात्रै प्रधानमन्त्री नियुक्त भएका थिए । उनले सो अवधिमा कुल १ लाख ५२ हजार २ सय २५ पाउण्ड कमाइ गरेका थिए ।

यसमध्ये अधिकांश रकम संसद सदस्यले पाउने तलबका रुपमा उनले कमाइ गरेको बीबीसीले जनाएको छ । त्यसैगरी, थोरै रकम किताबको रोयल्टी र ५ हजार १ सय ७४ पाउण्ड उनले बचत खाताबाट ब्याज प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०८ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा