सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता « Khabarhub

सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- प्रवर्तन निर्देशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ।

यसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ।

यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको छ। सन २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया, राहुल र तिनीहरूसँग सम्बन्धित कम्पनीहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध यस विषयमा गुनासो गरेका थिए।

२०२५ अप्रिल १२ मा अनुसन्धानका क्रममा संलग्न सम्पत्ति जफत गर्ने कारबाही गरिएको थियो । ईडीले दिल्ली, लखनउ र मुम्बईमा ६६१ करोडको अचल सम्पत्ति कब्जा गर्न नोटिस जारी गरेको थियो।

यसअघि मंगलबार नै सांसद प्रियंका गान्धीका पति रोबर्ट वाड्रा प्रवर्तन निदेशालय (ईडी) को कार्यालय पुगेका थिए। जहाँ उनलाई गुरुग्रामको शिकोहपुर जग्गा घोटालामा सोधपुछ गरिएको थियो ।

कांग्रेस नेता जयराम रमेशले एक्समा लेखेका छन्, ‘यो प्रधानमन्त्री र गृहमन्त्रीले गरेको बदलाको राजनीति हो ।’

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ४२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा