भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको जानकारी दिएको हो ।

विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने उल्लेख छ ।

मोदी साउदी अबरका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निम्तोमा भ्रमणमा जान लागेका हुन् ।

मोदीले यसअघि सन् २०१९ र २०१६ मा दुईपटकसम्म साउदी अरबको औपचारिक भ्रमण गरेका थिए । सन् २०२३ को सेप्टेम्बरमा साउदीका क्राउन प्रिन्स जी–ट्वान्टी देशहरुको सम्मेलनमा भारत आएका बेला मोदीलाई भ्रमणको निम्तो दिएका थिए ।

भ्रमणका एजेण्डा सार्वजनिक भइसकेको छैन । तर रक्षा, व्यापार, लगानी, शिक्षा र स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल हुने अनुमान छ ।

भारत र साउदीअरबबीच सामाजिक–साँस्कृतिक र व्यापारिक सम्बन्धको लामो ऐतिहासिक पृष्ठभूमि छ । विदेश मन्त्रालयले विज्ञप्तिमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध मजबुत रहेको उल्लेख छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ०५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा