तालिबानका प्रभावशाली नेताको गोप्य भारत भ्रमण « Khabarhub

तालिबानका प्रभावशाली नेताको गोप्य भारत भ्रमण


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका उपप्रमुखले गोप्य रुपमा भारतको भ्रमण गरेका छन् । भारतीय मिडिया सन्डे गार्जियनले उपमन्त्री मुल्लाह मोहम्मद इब्राहिम सद्रले भारतको गोप्य भ्रमण गरेको जनाएको हो ।

उनी तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाका निकटस्थ मानिन्छन् । समाचारमा जनाइएअनुसार गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको केही दिनलगत्तै सद्र भारत पुगेका हुन् ।

सद्रले भारत भ्रमण गर्नुको उद्देश्यबारे केही खुलाइएको छैन । उनले भारतमा रहँदा क–कसलाई भेटे भन्नेपनि स्पष्ट छैन ।

यसबारे भारत र तालिबानका तर्फबाट पनि औपचारिक जानकारी दिइएको छैन । तालिबानका वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा सन्डे गार्जियनलाई सद्रको भारत भ्रमणबारे जानकारी दिएको जनाइएको छ ।

भारतसँग सम्बन्ध सुधारका लागि अखुन्दजादाले सद्रलाई भारत पठाएको हुनसक्ने विश्लेषण गरिएको छ । भारत–पाकिस्तान तनावबीच पाकिस्तानविरोधी र इरानसमर्थक नेताको छवि बनाएका सद्रको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी