सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने « Khabarhub

सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेका कारण उनको सांसद पद निलम्बित हुने भएको हो ।

अख्तियारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेत र झासहितका १६ व्यक्ति र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरेसँगै बस्नेतको सांसद पद स्वत: निलम्बन हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताएका छन् ।

‘भ्रष्टाचार मुद्दा चलेसँगै उहाँको पद स्वत: निलम्बनमा जान्छ । अब अख्तियारले संसद सचिवालयलाई मुद्दा लगाएको पत्र पठाउँछ’, उनले भने, ‘उक्त पत्र प्राप्त भएपछि सभामुखले सम्भवत: शुक्रबारको संसद् बैठकमा बस्नेतको सांसद पद निलम्बनमा परेको पत्र पढेर सुनाउनु हुन्छ ।’

सिन्धुपाल्चोक-२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्ध विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुँदा संघीय संसद् भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। तलब भत्ता पनि रोकिनेछ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ४८ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ