अमेरिकी विदेश नीतिको आलोचना गरेर नथाक्ने अल जजीरा ट्रम्पको कतार भ्रमणमा नरम « Khabarhub

अमेरिकी विदेश नीतिको आलोचना गरेर नथाक्ने अल जजीरा ट्रम्पको कतार भ्रमणमा नरम


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारी टेलिभिजन सञ्जाल अल जजीरा मध्यपूर्वको प्रभावशाली शक्ति मानिन्छ । कतारको राज्यसञ्चालित यो टेलिभिजनले लामो समयदेखि अमेरिकी नीतिको आलोचना पनि गर्दै आएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारी संगठन अल कायदाले अमेरिकामा आक्रमण गरेपछिका घटनाक्रममा यस टेलिभिजनले अमेरिकी विदेश नीतिको आलोचना गर्दै आएको थियो । तर, अहिले भने अल जजीरा अमेरिकाप्रति नरम देखिन थालेको छ ।

अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कतार भ्रमणका समयमा अल जजीराले अमेरिकाको आलोचना गर्न छाडेको हो । अल जजीराका अरबी र अंग्रेजी टेलिभिजनले ट्रम्पको कतार भ्रमणलाई एपीकै शब्दमा ‘स्ट्रेटफरवार्ड कभर’ गरिरहेका छन् ।

अल जजीराले यसलाई कुनै पनि बहालवाला अमेरिकी नेताले पहिलो पटक कतारको भ्रमण गरेको रुपमा व्याख्या गरेको छ । त्यसैगरी, इजरायल हमास युद्धका क्रममा इजरायललाई समर्थन गर्ने अमेरिकी नीतिको चर्को आलोचना गर्दै आएको उक्त टेलिभिजन अहिले चुप लागेको छ ।

अहिले भने अल जजीराका पत्रकारले युद्धको मध्यस्थता गर्ने कतारी भूमिकालाई महत्व दिएका छन् । टेलिभिजनले युद्धविराम गर्न आह्वान गरिएको कतारी शासक शेख तमिम बिन हमाद अल थानीको भनाइ पनि प्रसारण गरिरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : १२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता