किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’ « Khabarhub

किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई ‘अहिलेसम्मकै सबैभन्दा कठोर सजाय’ दिइएको छ । गत नोभेम्बर महिनामा किवी संसदमा टे पाटी माओरीका सहनेताहरु डेबी ङारेवा–प्याकर र राविरी वाटिटी तथा अर्की सांसद हना–रावहिटी माइपी–क्लार्कले हाका नाचेका थिए ।

उनीहरुले न्यूजिल्याण्डका आदिवासी माओरीहरुसँग गरिएको सन्धिलाई परिमार्जन गर्न ल्याइएको विधेयकको विरोधमा हाका नाचेका थिए । किवी इतिहासमै कान्छी सांसद् हानाले संसदमा विधेयक च्यात्दै हाका नाचेको भिडियो विश्वभर भाइरल भएको थियो ।

संसदले उक्त विधेयक गत अप्रिल महिनामा अस्वीकृत गरेको थियो । बुधबार भने यसरी हाका नाच्ने सांसदलाई अहिलेसम्मकी कठोर सजाय तोकिएको छ ।

किवी संसदको ‘प्रिभिलेज कमिटी’ ले टे पाटी माओरीका सहनेताहरु ङारेवा–प्याकर र वाटिटीलाई तीन साताको निलम्बन गर्ने निर्णय गरेको छ । यस सजायलाई किवी संसदको इतिहासकै सबैभन्दा कठोर मानिएको छ ।

त्यसैगरी, उक्त कमिटीले हानालाई भने सात दिनका लागि निलम्बन गरेको छ । किवी संसदमा यसअघि पनि सांसदहरुले हाका नाच्ने गरेका थिए ।

उनीहरुले हाका नाचेर अरु सांसदलाई डर देखाएको र संसदको अवहेलना गरेको आरोप लगाइएको छ । हाका माओरी समुदायको परम्परागत रणनृत्य मानिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ४५ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ