दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख  « Khabarhub

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको पाइएको छ।

महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०८०-०८१को बेरुजु १४ करोड  ३९ लाख ८८ हजार रहेको पाइएको छ।

दुई नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु विगु गाउँपालिका र सबैभन्दा कम बेरुजु जिरी नगरपालिकाको रहेको देखिएको छ। विगु गाउँपालिकाको ५ करोड ४३ लाख ४५ हजार बेरुजु देखिएको छ भने, जिरीको सबैभन्दा कम १७ लाख ४२ हजार रुपैयाँ रहेको छ।

त्यसैगरी भीमेश्वर नगरपालिकाको बेरुजु ३ करोड १५ लाख २ हजार रुपैयाँ ,कालिञ्चोक गाउँपालिकाको १ करोड ९१ लाख ९४ हजार, गौरीशंकर गाउँपालिकाको बेरुजु २ करोड ९ लाख ९४ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यसैगरी जिल्लाको तामाकोसी गाउँपालिकाको बेरुजु ८७ लाख  १० हजार रुपैयाँ ,मेलुङ गाउँपालिकाको बेरुजु ६८ लाख ७७ हजार रुपैयाँ , वैतेश्वर गाउँपालिकाको बेरुजु १ करोड ३३ लाख २४ हजार रुपैयाँ  र शैलुङ गाउँपालिकाको बेरुजु १ करोड ५७ लाख ८६ हजार रुपैयाँ रहेको पाइएको हो।

समग्रमा बागमती प्रदेशमा कुल बजेटको १ दशमलव ८२ प्रतिशत रकम बेरुजु  रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ४१ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका