पोखरा महानगरको बेरुजु ५० करोड ४३ लाख  « Khabarhub

पोखरा महानगरको बेरुजु ५० करोड ४३ लाख 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगर पालिकामा गत आर्थिक वर्षमा खर्च भएको रकममध्ये ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । 

 महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार देशका अरु सबै महानगरभन्दा पोखराको बेरुजु सबैभन्दा बढी हो ।  १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षणमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो। 

विराटनगरमा ६ अर्ब ४४ करोड ७६ लाख लेखापरीक्षण गर्दा २ करोड ८ लाख ५७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ, जुन जम्मा ०.३२ प्रतिशत हो।

ललितपुर महानगर दोस्रो अनुशासित महानगरको रूपमा उभिएको छ, जहाँ १० अर्ब ६८ करोड ९७ लाखको लेखापरीक्षणमा ५ करोड ५५ लाख बेरुजु (०.५२ प्रतिशत) देखिएको छ। तेस्रो स्थानमा भरतपुर (०.९०५), चौथोमा काठमाडौं (२।४७५) र पाँचौं स्थानमा वीरगञ्ज (३.६२५) छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १० बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको