पोखरा महानगरको बेरुजु ५० करोड ४३ लाख  « Khabarhub

पोखरा महानगरको बेरुजु ५० करोड ४३ लाख 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगर पालिकामा गत आर्थिक वर्षमा खर्च भएको रकममध्ये ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । 

 महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार देशका अरु सबै महानगरभन्दा पोखराको बेरुजु सबैभन्दा बढी हो ।  १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षणमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो। 

विराटनगरमा ६ अर्ब ४४ करोड ७६ लाख लेखापरीक्षण गर्दा २ करोड ८ लाख ५७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ, जुन जम्मा ०.३२ प्रतिशत हो।

ललितपुर महानगर दोस्रो अनुशासित महानगरको रूपमा उभिएको छ, जहाँ १० अर्ब ६८ करोड ९७ लाखको लेखापरीक्षणमा ५ करोड ५५ लाख बेरुजु (०.५२ प्रतिशत) देखिएको छ। तेस्रो स्थानमा भरतपुर (०.९०५), चौथोमा काठमाडौं (२।४७५) र पाँचौं स्थानमा वीरगञ्ज (३.६२५) छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १० बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता