सत्तापक्षले काम कम, मुख धेरै चलायो : वर्षमान पुन | Khabarhub Khabarhub

सत्तापक्षले काम कम, मुख धेरै चलायो : वर्षमान पुन


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरु प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका छन् ।  

प्रतिनिधिसभामा बिहीबार आर्थिक वर्ष ०८२-०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले लोकतन्त्रमा प्रतिपक्षले खबरदारी गर्दा सत्तापक्ष जाइलाग्नु शोभनीय नभएको टिप्पणी गरे  ।

काम गर्छु भनेर जिम्मेवारी लिएको सत्तापक्षले काम गर्ने र प्रतिपक्षले खबरदारी गर्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा स्वीकार गर्न उनले आग्रह गरे । पुनले सरकारले राम्रो काम गरे वा प्रतिपक्षले गर्ने रचनात्मक खबरदारी र जनताले सडकबाट उठाएका आवाज सम्बोधन गरे सरकारको वाहवाही हुने उल्लेख गरे ।

प्रतिपक्षको खबरदारी र जनताको असन्तुष्टिलाई कामबाट सम्बोधन गर्नुपर्नेमा सरकारमा बसेकाहरूले मुख बढी चलाउने गरेको टिप्पणी उनले गरे । 

‘प्रतिपक्षको काम खबरदारी गर्ने हो । सत्तापक्षले काम गरेर जवाफ दिने हो । यो ढंगले जानुभन्दा प्रतिपक्षले प्रश्न उठायो भनेर मुख धेरै चलाउने, खण्डन गर्ने होइन’, पुनले भने, ‘माक गर्छु भनेर जिम्मा लिएको सत्तापक्षका माननीय, मन्त्री र प्रधानमन्त्रीले मुख चलाउने होइन, काम गर्ने हो । सरकारले कामबाट जवाफ दिएदेखि हामी केही पनि बोल्नेवाला छैनौँ । हाम्रो आवाज त्यसै कमजोर भएर जान्छ । दुनियाँमा प्रतिपक्ष या जनताको खण्डन गेरर कहीं पनि लोकतन्त्र बलियो हुँदैन ।’ 

पुनले सत्तापक्षका सांसदहरुले सम्बन्धित मन्त्रीले दिनुपर्ने जवाफ दिने गरेकामा आपत्ति जनाए । ‘सत्तापक्षका माननीयज्यूहरु अप्ठ्यारोमा हुनुहुन्छ । उहाँहरुले मन्त्रीले दिने जवाफ दिइरहनुभएको छ’, पुनले भने । 

फरक प्रसङ्गमा पुनले योजना बैंकमा सबै योजना छनौट सकिएपछि सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल चलाउनुको औचित्य नभएको बताए । 

यस्तो परम्परा सच्याउने गरी पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष तीन महिनाअघि नै सिद्धान्त र प्राथमिकताबारे छलफल सक्ने गरी अध्यादेश जारी गरे पनि वर्तमान सरकारले त्यसलाई नपछ्याएको भन्दै पुनले असन्तुष्टि जनाए । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १३ बजे

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे