सगरमाथा आरोहणका क्रममा एक फिलिपिनी नागरिकको मृत्यु  « Khabarhub

सगरमाथा आरोहणका क्रममा एक फिलिपिनी नागरिकको मृत्यु 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु भएको छ । 
    
सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा उनको निधन भएको पर्यटन विभागले जनाएको छ । उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए । 

फिलिप चौथो शिविरमा करिब रातको ७-८ बजे थकित अवस्थामा पुगेका र आराम गरेका अवस्थामा मृत्यु भएको आरोहणदलका सदस्यबाट आज बिहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

मृतकको शव आवश्यक प्रक्रिया पुर्‍याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : २८ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता