जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग | Khabarhub Khabarhub

जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले आगामी आर्थिक वर्षको बजेटमा जनसङ्ख्या र मानव विकास सूचकांकको आधारमा रकम विनियोजनको माग गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले मधेश-तराई र पिछडिएको क्षेत्रमा जनसङ्ख्या र मानव विकास सूचकांकको आधारमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको हो ।  

मोर्चा घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले बजेट विनियोजनका लागि सरकारसँग माग गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टी, नेपालका नेता केशव झाले जानकारी दिए । 

उनले संविधान संशोधन, भूमीसम्बन्धी विधेयक, बन्दी रिहाई, मोर्चाको कार्यविधि र मोर्चाले आगामी दिनमा गर्ने कार्यक्रमहरूबारे खाका बनाएर अर्को बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । 

बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालको उपस्थिति रहेको थियो । 

यस्तै बैठकमा मोर्चामा आवद्ध विभिन्न दलका नेताहरू रामनरेश राय, लालबीर चौधरी, केशव झा, शिवजी राय, शर्वेन्द्रनाथ शुक्ल, अब्दुल खान, अनिल महासेठ, सन्तोष मेहता, मनिष सुमन, ब्रजकिशोर सिंह, ज्ञानेन्द्र झा, रामकुमार शर्मा पनि उपस्थित थिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ३४ बजे

घोरहीमा रहेको ज्यामिरे दह पर्यटकको रोजाइमा

दाङ- दाङ घोरहीमा रहेको ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको

सलमानलाई यति धेरै स्वास्थ्य समस्या !

काठमाडौं – बलिउड नायक सलमान खानले आफ्नो स्वास्थ्यबारे नयाँ खुलासा

इरान आक्रमण बारे ट्रम्पले लेखे संसद्लाई पत्र

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक केन्द्रमा गरेको

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने