महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न « Khabarhub

महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको बेरुजु ६८ करोडभन्दा बढी देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदनमा महानगरको त्यतिका परिमाणको बेरुजु देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयले २७ अर्ब ५२ करोड ४४ लाख ६ हजार रुपैयाँ रकम बराबरको लेखापरीक्षक गर्दा ६८ करोड २ लाख ३६ हजार रुपैयाँ बराबरको बेरुजु देखिएको हो ।

महानगरले संघीय, प्रदेश, राजश्व बाँडफाँट, आन्तरिक आय र अन्य आय कोष समेत गरेर १२ अर्ब ८८ करोड ३१ लाख ५५ हजार रुपैयाँ आय गरेको छ । जसमा ६८ करोड बेरुजु देखिएको हो ।

महालेखाले काठमाडौं टावरको विषयमा पनि प्रश्न उठाएको छ । प्रतिवेदनमा गत वर्षको सुझव यो वर्ष पनि यथावत् राखिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले काठमाडौं टावर समयमा नबनेको भन्दै प्रश्न उठाइएको छ ।

टावरको भडा नलाग्दासम्म मासिक ९० हजार ७२० रुपैयाँ महानगलाई बुझाउनु पर्ने थियो । तर त्यो भाडा महानगरमा नआएको भन्दै महालेखाले प्रश्न उठाएको हो ।

‘अधिकतम् लाभ प्राप्त हुने गरी उक्त व्यापारिक कम्प्लेक्सको उपयोग गर्नुपर्ने बेहोरा गत वर्षको प्रतिवेदनमा समेत औंल्याइएकोमा त्यो स्थिति यथावत् छ’, महालेखाले प्रतिवेदनमा भनेको छ ।

महालेखाले काठमाडौं महानगरको कार्यलय भएको काठमाडौं प्लाजाबारे समेत प्रश्न गरेको छ । महानगरले भाडा नतिरेकाले त्यो तिर्नुपर्ने महालेखाले भनेको छ ।

‘सम्झौतामा भवनको भाडा भुक्तानी गर्दा विगतदेखि मुक्तिनाथ विकास बैंक, एक दोहोरी साँझ र एक रस्ष्टुरेण्टले प्रयोग गरिरहेको क्षेत्रफलको भाडा कट्टी गरी काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टलाई बुझाउनुपर्ने छ’, महालेखाले प्रतिवेदनमा भनेको छ, ‘ती तीन व्यावसायिक संस्थामध्ये एक दोहरी साँझ र एक रेस्टुरेन्टले २०८० भाद्रसम्म भवन प्रयोग गरेबापत भुक्तानी गर्नुपर्ने ४ लाख १० हजार भाडा असुली भएको छैन ।’

महानगरले फोहोर वर्गीकरण नगरेको विषयमा पनि महालेखाले प्रश्न उठाएको छ । काठमाडौं महानगरले सर्वजनिक सवारीको रुट र भाडादर निर्धारण गर्न सक्ने व्यवस्था भएको जनाउँदै त्यसलाई समयसापेक्ष सुधार गर्नुपर्नेमा महालेखाले जोड दिएको छ ।

महालेखाले काठमाडौं महानगरभित्र पर्ने नदी करिडोरबारे समेत प्रश्न उठाएको छ । करिडोरमा भएको अतिक्रमण हटाएर निर्वाध रुपमा सवारी चल्ने व्यवस्था गर्न महालेखाले भनेको छ ।

हनुमानढोका दरबार क्षेत्र प्रवेशबापत काठमाडौं महानगरले शुल्क उठाएर दरबार संग्रहालय विकास समितिसँग बाड्ने सम्झौता भएको थियो । महानगरले प्रवेश शुल्क बढाए पनि समितिलाई पुरानै शुल्क अनुसारको रकम बुझाउने गरेकाले आधा रकम दिन महालेखाले भनेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ५१ बजे

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना

स्ट्रेट अफ हर्मुजमा पलाउको ध्वजावाहक जहाजमाथि हमला, चार घाइते

काठमाडौं- रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुजमा एउटा तेल बोकेको जहाजमाथि

मोरङ ६ मा एमालेका ढकाललाई उज्यालो नेपालका बुढाथोकीको समर्थन

विराटनगर- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर

बाबुराम-जनार्दनको विचित्र राजनीति, नेकपाविरोधी सबैलाई प्रलोपाको समर्थन

काठमाडौं– पूर्वमाओवादी नेताहरू डा बाबुराम भट्टराई र जनार्दन शर्माहरूले पछिल्लो

इजरायलले तेहरानको ‘मुटु’ मा प्रहार गरेपछि भीषण विस्फोट

काठमाडौं- इजरायलले इरानको राजधानी तेहरानको ‘मुटु’ मा प्रहार गरेको जनाएको