भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेत निलम्बित « Khabarhub

भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेस सांसद बस्नेत निलम्बित


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्बित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद बस्नेतको पद निलम्बन भएको पत्र पढेर सुनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री समेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बन भएका हुन् । 

टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमथि तीन अर्ब २१ करोड बिगो माग दाबी गरेको छ । 

नेपाली कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी र विजयकुमार गच्छदारपछि भ्रष्टाचारको ठूलो मुद्दा खेप्ने नेता बनेका छन् मोहनबहादुर बस्नेत ।

२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट विजयी तत्कालीन सूचना तथा सञ्चार मन्त्री उनीसहित १६ जनाविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब २१ करोड बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मन्त्री पदमा रहेका बेला टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरिद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएपछि बस्नेतको सांसद पद पनि स्वत: निलम्बन भएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ७ : ०२ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा