काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या « Khabarhub

काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशभरका अधिकांश स्थानमा बिजुली गएको छ।

खाना पकाउने समयमा बिजुली जाँदा काठमाडौं उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब-स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बत्ती गएको बताएका छन् ।

अहिले ढल्केबर सब-स्टेशनको समस्या खोज्न प्राविधिक टोली जुटिसकेको उनले बताएका छन् । समस्याको समाधान भइरहेकाले बत्ती आउन केही समय लाग्ने उनले जानकारी दिए ।

यसअघि गत वैशाख ३ गते पनि ढल्केबरमा रहेको सब-स्टेसनस्थित ग्रीडमा आगलागी भएको थियो । त्यसबेला धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको थियो ।

त्यसबेला ढल्केबर ग्रीडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको थियो । उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

त्यसबेला आगलागीका कारण पार्टपुर्जा जलेर क्षति पुगेको थियो । त्यसअघि पनि त्यही सब-स्टेशनमा आगलागी भएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : १४ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश