माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन « Khabarhub

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय कम्पनी जिएमआर लिमिटेडबीच परियोजना विकास सम्झौता (पीडीए) अनुसार काम भएको भए सन् २०२१ मै निर्माण सम्पन्न भइसक्थ्यो ।

तर, निर्माणका कामको जिम्मा पाएको जिएमआरले लगानी जुटाउन ढिला गरेका कारणले अहिलेसम्म पनि निर्माणका काम अघि बढ्न सकेको छैन । अछाम र दैलेखका स्थानीय जिएमआरले आयोजना ‘होल्ड’ गर्ने नियत राखेको आरोप लगाउँदै आएका थिए ।

दैलेख र अछाम क्षेत्रमा पर्ने ९०० मेगावाटको यो आयोजना निर्माणका लागि सन् २०१४ सेप्टेम्बर १९ मा पिडिए भएको थियो । सन् २००८ मै नेपाल सरकारले माथिल्लो कर्णाली निर्माणको जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिएको थियो । 
 
लगानी ढिलाइ गरिरहेको निर्माण कम्पनीले जग्गा उपभोग गरेको राजश्व कर्णाली प्रदेश सरकारलाई बुझाएको छैन । महालेखापरीक्षकको कार्यालयको २०८२ प्रतिवेदन अनुसार जग्गा उपभोग गरेको २९ लाख २४ हजार राजश्व नबुझाएको हो । 

महालेखापरीक्षकको प्रतिवेदन अनुसार वन क्षेत्रको जग्गा भोगाधिकार गर्न २०७४/६/३१ मा भएको सम्झौताको बुँदा नं. ४ मा १२१.०६ हेक्टर जग्गा प्रयोग गरेबापत पहिलो २ आर्थिक वर्षसम्म प्रति हेक्टर १५ हजारको दरले र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुँदै जाने रकम दैलेख डिभिजन वन कार्यालयमा असार मसान्तमा बुझाउनुपर्ने उल्लेख छ ।

 सम्झौताबमोजिम कम्पनीले २०८०.८१ को प्रति हेक्टर २४ हजार १५८ को दरले हुने २९ लाख २४ हजार बुझाएको नदेखिएको जनाएको छ ।  सम्झौता बमोजिमको रकम नियमानुसार असुल गर्न महालेखापरीक्षको कार्यालयले सुझाव दिएको छ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : ४२ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश