वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री « Khabarhub

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।

सगरमाथा संवादको पूर्वसन्ध्यामा आज नेपाली उच्च पदाधिकारीहरुका लागि प्रधानमन्त्रीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा संसारको ध्यान पुग्न जरुरी रहेको बताए ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी थिए ।

यही जेठ २ देखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्दैछ । कार्यक्रमका लागि हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आइसकेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १० : ४६ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश