वाणिज्य बैङ्कहरूकाे मुद्दतीमा ब्याजदर घट्यो « Khabarhub

वाणिज्य बैङ्कहरूकाे मुद्दतीमा ब्याजदर घट्यो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैङ्कहरूमा जेठ महिनाको तुलनामा असार महिनामा लागू हुने मुद्दतीतर्फको औसत ब्याजदर घटेको छ ।

अधिकांश वाणिज्य बैङ्कहरूले जेठ महिनाकै मुद्दतीतर्फको ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैङ्कले घटाउँदा औसत ब्याजदरमा गिरावट आएको हो ।

कृषि विकास, कुमारी र एनआईसी एशिया बैङ्कले जेठ महिनाको तुलनामा असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फकाे ब्याजदरमा कटौती गरेका छन् । त्यस्तै, कुमारी, एनएमबी, एभरेष्ट, प्राइम कमर्सियल, स्टान्डर्ड चार्टर्ड र एनआईसी एशिया बैङ्कले संस्थागत मुद्दतीतर्फकाे ब्याजदर जेठको तुलनामा कटौती गरेका छन् ।

कृषि विकास बैङ्कले जेठ महिनाको तुलनामा असार महिनाका लागि संस्थागत मुद्दतीतर्फकाे ब्याजदर १.२ विन्दुले बढाएको छ भने सञ्चालनमा रहेका अन्य सबै बैङ्कहरूले व्यक्तिगत र संस्थागत दुवैतर्फको ब्याजदर यथावत राखेका छन् ।

जेठ महिनामा वाणिज्य बैङ्कहरूमा व्यक्तिगत मुद्दतीतर्फ ५.९५२ विन्दुमा रहेको ब्याजदर असार महिनाका लागि ५.९०२ अंकमा झरेको छ । त्यस्तै, संस्थागत तर्फ जेठ महिनामा ४.३९ रहेको औसत ब्याजदर असार महिनामा ४.३७३ विन्दुमा कायम हुने भएको छ ।

असार महिनामा व्यक्तिगत मुद्दतीतर्फ एभरेष्ट र एनआईसी एशिया बैङ्कले ६.५५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् भने सबैभन्दा थोरै नेपाल बैङ्कले ५.४५ प्रतिशत दिने भएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ०८ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई