मिनेसोटामा हत्याकाण्ड : डेमोक्र्याटिक जनप्रतिनिधिका हत्याराको खोजी तीव्र « Khabarhub

मिनेसोटामा हत्याकाण्ड : डेमोक्र्याटिक जनप्रतिनिधिका हत्याराको खोजी तीव्र


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले अमेरिकाको मिनेसोटा राज्यमा डेमोक्र्याटिक जनप्रतिनिधिको हत्यामा संलग्न व्यक्तिको खोजीकार्यलाई तीव्र बनाएको छ । मिनेसोटा प्रहरी र अमेरिकी संघीय जाँचबुझ ब्यूरो (एफबीआई) ले मिनेसोटाका डेमोक्र्याटिक जनप्रतिनिधिलाई गोली हानेर हत्या गर्ने व्यक्तिको खाजीकार्यलाई तीव्र पारेका हुन् ।

शनिबार बन्दुधारीले मिनेसोटा राज्यको संसदमा प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक प्रतिनिधि एवम् पूर्वसभामुख मेलिसा होर्डम्यान र उनका श्रीमान् मार्कको गोली हानी हत्या गरेको थियो । त्यसैगरी बन्दुकधारीले अर्का डेमोक्र्याटिक प्रतिनिधि जोन होफम्यान र उनकी श्रीमतीलाई पनि गोली हानेको थियो । होफम्यान र उनकी श्रीतमी गोली लागेर घाइते भएको जनाइएको छ ।

मिनेसोटाका गभर्नर एवम् कमला ह्यारिसको निर्वाचन अभियानमा उपराष्ट्रपति पदका उम्मेदवार टिम वाल्जले घटनालाई ‘राजनीतिप्रेरित हत्या’ भनेका छन् । सुरक्षाकर्मीले ५७ वर्षीय भान्स लुथर बोल्टरका रुपमा बन्दुकधारीको पहिचान सार्वजनिक गरेका छन् ।

मिनेसोटा र आसपासका राज्यमा उनको खोजीकार्यलाई तीव्र पारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । सुरक्षाकर्मीले संदिग्ध बन्दुकधारी चढेको कारमा ‘घोषणापत्र’ फेला पारेका छन् । उक्त घोषणापत्रमा उनले अन्य राजनीतिक नेता एवम् संस्थाहरुको ७० भन्दा धेरै नामको सूची तयार पारेको जनाइएको छ ।

उक्त सूचीमा वाल्जसहित डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा मिनेसोटा राज्यकी प्रतिनिधि इल्हान ओमर, सिनेटर टिना स्मिथ र मिनेसोटाका महान्यायाधीवक्ता किथ एलिसन समेत रहेको रोयटर्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ५५ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ