दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई « Khabarhub

दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पोखरा– दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन् । रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन् । 

विजेता रानामगरले २५ लूप अर्थात् २५ घण्टामा १६७ दशमलव ५५ किलोमिटर दौड पूरा गरेका थिए। शनिबार बिहान ८ बजे सुरु भएको दौड आइतबार बिहान ९ बजेसम्म सञ्चालन भएको थियो । 

फिट नेपालको आयोजनामा पोखराको भलाममा सम्पन्न भएको यस प्रतिस्पर्धामा विभिन्न देशका ५२ जना धावकले सहभागिता जनाएको कुरा संयोजक सुवास चन्द्र बस्नेतले बताए । 

आयोजक तथा दौडका निर्देशक जितेश प्रधानले ब्याकयार्ड अल्ट्रा अनौठो र चुनौतिपूर्ण दौड रहेको बताए। उनले बताएअनुसार, सहभागीहरूले हरेक घण्टामा ६ दशमलव ७०५ किलोमिटर दूरी तय गर्नुपर्छ । यो दूरी एक राउन्डको रूपमा लिइन्छ र प्रत्येक राउन्ड १ घण्टा भित्र सम्पन्न गर्न अनिवार्य हुन्छ । 

दौडको मुख्य विशेषता भनेको, यो कुनै निश्चित दूरी वा समयसम्म मात्र सीमित हुँदैन । दौड तबसम्म चलिरहन्छ जबसम्म अन्तिम एक जना धावक मात्रै बाँकी रहन्छ। त्यस्तै नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लूप अर्थात् १२ राउण्ड पार गर्नुपर्ने छ ।

प्रतियोगितामा मिलन कुलुङले पनि २४ लूप पूरा गरेका छन् । उनी पनि अन्तर्राष्ट्रिय ब्याकयार्ड अल्ट्रा प्रतियोगितामा सहभागी हुने कुरा आयोजकले बताए ।

प्रतियोगितामा महिला धाविका पदम कुमारी सुनुवारले १२ लूप पूरा गरी २० हजार रुपैयाँ प्राप्त गरेकी छिन् । यस प्रतियोगितामा महिला र पुरुष एउटै समूहमा रहेको हुँदा, सुनुवारलाई प्रोत्साहन स्वरूप उक्त रकम प्रदान गरिएको आयोजक पक्षका इश्वर गुरुङले बताए ।

यस किसिमको दौडमा सहभागीहरूले प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जंगली जनावर र चराचुरुङीको आवाज सुन्न पाउने कुरा फिट नेपालको राजीव श्रेष्ठले बताए । सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेलले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागी हुन सक्ने गरी विकास गर्ने लक्ष्य लिएको श्रेष्ठले बताए।

ब्याकयार्ड अल्ट्रा नेपालको पहिलो संस्करण गत माघ महिनामा भक्तपुरमा आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा अर्जुन कुलुङ राईले २१ लूप पूरा गर्दै उपाधि जितेका थिए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ५६ बजे

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना