गौरीशंकरको जुँगु क्षेत्रमा भालु आतंक बढ्दो : नियन्त्रणमा छैन कसैको चासो   « Khabarhub

गौरीशंकरको जुँगु क्षेत्रमा भालु आतंक बढ्दो : नियन्त्रणमा छैन कसैको चासो  


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिकामा पछिल्ला दिनहरूमा भालु आतंक बढ्दै गएको छ । एक साताको अवधिमा दुई जना स्थानीयलाई भालुले आक्रमण गरेर घाइते बनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ जुँगुमा गत साता पनि भालुले आक्रमण गर्दा एक स्थानीय पुरुष गम्भीर घाइते भएका थिए । त्यसको एक साता पछि पुनः अर्का स्थानीय पनि भालुको आक्रमणबाट घाइते भएका छन् ।

४६ वर्षीय चेतबहादुर कार्कीलाई भालुले चिथरेर घाइते बनाएको वैतेश्वर अस्पतालका डा.समिर लामाले बताए । घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा कार्कीलाई भालुले आक्रमण गरेर घाइते बनाए पछि उनको उपचारको लागि वैतेश्वर अस्पताल ल्याइएको छ ।

कार्की स्थानीय बागेनाश सामुदायिक बनमा घाँस काट्न गएको समयमा भालुले आक्रमण गरेको बताए । उनको खुट्टा अनुहारमा भालुले चिथारेको डा.लामाले बताए।उनको अहिले उपचार भइरहेको छ ।

दुई साताको अवधिमा दुई जनालाई भालुले आक्रमण गर्दा समेत आतंक रोक्न कसैले चासो नदिएको स्थानीयले दुखेसो गरेका छन् ।

बिहान-बेलुका समयमा गाउँ नजिक बनजङ्गल घाँसदाउरा गर्न जानुपर्छ तर हिजोआज भालु आतंक बढिरहँदा नियन्त्रणमा कसैको धान न गएको स्थानीय सुजन बयलकोटीले बताए । 

गौरीशंकरको वडा नम्बर-१,२ र वैतेश्वरको वडा नम्बर-८ का स्थानीय भालुको आतंकमा रहेको उनले बताए । -सुबाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : १२ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले