‘राजा चाहिँदैन’ भन्दै ट्रम्पविरुद्ध दशौँ लाख अमेरिकी सडकमा « Khabarhub

‘राजा चाहिँदैन’ भन्दै ट्रम्पविरुद्ध दशौँ लाख अमेरिकी सडकमा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विशाल प्रदर्शन भएको छ । अमेरिकाका विभिन्न शहरमा आयोजित प्रदर्शनमा दशौँ लाख सहभागी थिए ।

‘राजा चाहिँदैन’ भन्दै शनिबार अमेरिकाका न्यूयोर्क, वाशिङ्टन डीसी, फिलाडेल्फिया, सियाटल, मायमी, शिकागो, अस्टिन, डेनभर, एटलान्टा, पोर्टल्याण्ड साल्ट लेक सिटीजस्ता शहरमा विशाल प्रदर्शनको आयोजना गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा विभिन्न शहरका सडकमा लाखौँ मानिसहरु उत्रिएको देखिन्छ ।

शनिबार आयोजित प्रदर्शन प्रायः शान्तिपूर्ण रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीले अधिनायकवादको विरोधमा नाराबाजी गरेका थिए ।

समाचार संस्था एपीका अनुसार लस एन्जलस शहरमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । त्यसबाहेक साल्ट लेक सिटीमा प्रदर्शनका क्रममा बन्दुकधारीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् । संदिग्ध बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा पनि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए ।

भर्जिनिया राज्यको कुलपेपर शहरमा आयोजित प्रदर्शनका क्रममा एक जना सवारी चालकले जथाभावी एसयूभी गाडी हुइक्याउँदा एक जना घाइते भएका छन् । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ११ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ