पुराना र नयाँ कलाकार लिएर फिल्म ‘किन लाग्छ माया’ बनाउने घोषणा « Khabarhub

पुराना र नयाँ कलाकार लिएर फिल्म ‘किन लाग्छ माया’ बनाउने घोषणा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक कुवेर तामाङको निर्देशनमा फिल्म ‘किन लाग्छ माया’ निर्माण घोषणा भएको छ । निर्माण पक्षले आइतबार पुराना र नयाँ कलाकारलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो ।

फिल्ममा पुराना कलाकारहरु नायक धिरन साक्य र खलनायक राजेन्द्र खड्की शीर्र्ष भूमिकामा रहेने बताइको छ । त्यस्तै फिल्ममा अहिलेका उदयीमान कलाकारहरु जानबी बस्नेत र मिस पबीको पनि अभिनय रहने बताइएको छ ।

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका मेघ सुबेदी यस फिल्मकफ शीर्ष नायक रहेको बताइएको छ ।

उनीहरुसहित सन्जीत भण्डारी, रिचा थापा, हिउवाला गौतम, सबिन बास्तोला र रवि डंगोललगायतका कलाकारहरुको अभिनय रहने पक्का भइसकेको निर्माण पक्षले जनाएको छ ।

राजेन्द्र खड्की दोहोरो जिम्मेवारीमा रहेको बताइएको छ । उनी यस फिल्ममा एक्सन निर्देशकसमेत हुन् ।

एस एन्ड एस प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको छायाङ्कन असार पहिलो साताबाट सुरु हुने बताइएको छ । निर्माण पक्षका अनुसार काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी र मुस्ताङमा यसको छायाङ्कन हुनेछ ।

दाजु(भाइको सम्बन्ध, एक अर्काप्रतिको जिम्मेवारी र त्यागको कथा यो फिल्म बन्ने बताइएको छ ।

यो फिल्मको कथा स्याडो रियरको हो भने रामकाजी घिमिरेको पटकथा तथा संवाद लेखेका हुन् । निर्माता भने मोनु खड्का हुन् ।

‘किन लाग्छ माया’ शीर्षकमा यसअघि नै फिल्म बनेको थियो । उक्त फिल्म सन् २०१० मा प्रदर्शनमा आएको थियो ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको उक्तमा फिल्ममा नायकहरु निखिल उप्रेती, राजबल्लभ कोइराला, नायिकाहरु झरना थापा र गरिमा पन्त शीर्ष भूमिकामा थिए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ५५ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन