‘क्षेत्रीय सुरक्षा’ का लागि बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने « Khabarhub

‘क्षेत्रीय सुरक्षा’ का लागि बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्षेत्रीय सुरक्षाका लागि भन्दै बेलायतले मध्यपूर्वमा लडाकु विमान पठाउने भएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले शाही वायुसेनाका लडाकु विमान मध्यपूर्वतर्फ पठाउन लागेको बताएका हुन् ।

जी ७ को बैठकमा सहभागी हुन क्यानाडा जाने क्रममा प्रधानमन्त्री स्टार्मरले यस्तो घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । पछिल्लो समय इजरायलले इरानी भूमिमा रहेका आणविक तथा सैनिक संरचना र नेतृत्वलाई लक्षित गरी आक्रमण गरेपछि तनाव चुलिएका बेला बेलायतले यस्तो घोषणा गरेको हो ।

इजरायली कारवाहीका क्रममा इरानको आणविक एवम् सैन्य संरचनामा व्यापक क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायली कारवाहीका क्रममा इरानी आणविक तथा सैन्य नेतृत्वमा रहेका वरिष्ठ अधिकारीहरु पनि मारिएका छन् ।

जवाफमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र र चालहरकित हवाइ उपकरण ड्रोन प्रहार गरेको छ । इजरायली ड्रोन आक्रमणबाट इजरायलको तेल अभिभ शहरसहितका स्थानमा भौतिक पूर्वाधारमा क्षति पुग्नुका साथै केही मानिसहरु पनि मारिएका छन् ।

यस्तो अवस्थामा बेलायतले लडाकु विमानसहितका सैन्य संसाधन मध्यपूर्वमा पठाउन लागेको स्टार्मरले उल्लेख गरेका छन् । इराक र सिरियामा कारवाही सञ्चालन गर्नका लागि बेलायतले यसअघि नै मध्यपूर्वमा लडाकु विमान तैनाथ गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५५ बजे

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि