हेवाखोलामा बेलिब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

हेवाखोलामा बेलिब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज  भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व्यवस्था गर्न आवश्यक भएको बताएका छन्  । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले हिजो पुलको केही भाग जडानका क्रममा भाँचिदा तीन जना मजदुरको ज्यान गएको जानकारी दिँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरे। उनले त्यहाँ अर्को बेलिबृज जडान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

हेवाखोलामा पुल नहुँदा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सहज रूपमा आउजाउ गर्न कठिन भएको बताउँदै सांसद भट्टराईले भने, ‘अघिल्लो वर्ष बाढीले हेवाखोलाको निर्माणाधीन बेलिब्रिज भत्काएको थियो । सरकारले तीव्र गतिमा त्यसमा काम गरिरहँदा हिजो भाँचियो । पुल नहुँदा ताप्लेजुङमा निर्माणधीन जलवविद्युत् आयोजनाका निर्माण सामग्री, दैनिक उपभोग्यवस्तुको ढुवानी प्रभावित भएको छ । पर्यटक र बिरामीलाई समस्या भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले इजराइल–इरान युद्धका कारण जोखिममा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले इजराइलमा रहेका सात हजार नेपालीको सुरक्षाका लागि तत्काल कूटनीतिक प्रयास थाल्नुपर्नेमा जोड दिए ।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले  सर्लाही क्षेत्र नं १ को निर्वाचन रणनीतिक सडकको लालबन्दीदेखि मलङ्गवा जोड्ने पुल अलपत्र भएकाले त्यसमा ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराए ।

 नेपाली कांग्रेसका सांसद नागिना यादवले सदन अवरोध हुँदा जनताका समस्या सदनमा राख्न समस्या भइरहेको बताए  । 
 
 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ठाकुरप्रसाद गैरेले पाल्पाको रम्भा गाउँपालिका– ३ रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बाबारे चर्चा गर्दै उच्च भेगमा पाइने जडीबुटीको खोज अनुसन्धान एवं प्रयोगबारे सरकारको ध्यानाकर्षण गराए । 

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे  ।   

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ३३ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि