अमेरिकामाथि आक्रमण गरे इरानले 'पहिले कहिल्यै नदेखिएको' अमेरिकी शक्ति भोग्न ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

अमेरिकामाथि आक्रमण गरे इरानले ‘पहिले कहिल्यै नदेखिएको’ अमेरिकी शक्ति भोग्न ट्रम्पको चेतावनी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

इरानका आणविक र सैन्य संरचनालाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा अमेरिकाको ‘कुनै संलग्नता नरहेको’ उनले दोहोर्‍याए ।

इरानका अनुसार शुक्रबार बिहान शुरु भएको इजरायलको कारवाहीका क्रममा इरानी आणविक र सैन्य ठाउँहरू निशानामा परेका छन् । इजरायली कारवाहीका क्रममा शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गरेका छन् । यसको जवाफमा इरानले इजरायलविरुद्ध घातक क्षेप्यास्त्र आक्रमण गरेको छ ।

ट्रम्पले इजरायली कारवाही शुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताएका थिए । उनले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्‍याए ।

“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण गर्‍यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उनले एक पोस्टमा भने, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”

ट्रम्पले शुक्रबार इरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गरेका थिए ।

आफ्नो पहिलो कार्यकालमा एकपक्षीय रूपमा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता गरेका थिए । यससँगै इरानसँगको आणविक सम्झौता २०१८ यता मृतप्रायः छ । त्यसपछि अमेरिकाले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउन थालेको थियो । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४४ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न