अमेरिकामाथि आक्रमण गरे इरानले ‘पहिले कहिल्यै नदेखिएको’ अमेरिकी शक्ति भोग्न ट्रम्पको चेतावनी « Khabarhub

अमेरिकामाथि आक्रमण गरे इरानले ‘पहिले कहिल्यै नदेखिएको’ अमेरिकी शक्ति भोग्न ट्रम्पको चेतावनी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार यदि इरानले संयुक्त राज्य अमेरिकामाथि आक्रमण गर्‍यो भने उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।

इरानका आणविक र सैन्य संरचनालाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा अमेरिकाको ‘कुनै संलग्नता नरहेको’ उनले दोहोर्‍याए ।

इरानका अनुसार शुक्रबार बिहान शुरु भएको इजरायलको कारवाहीका क्रममा इरानी आणविक र सैन्य ठाउँहरू निशानामा परेका छन् । इजरायली कारवाहीका क्रममा शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकहरूसहित दर्जनौँको मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘आयातोल्लाह शासनको हरेक लक्ष्य’ मा आक्रमण गर्ने प्रतिज्ञा गरेका छन् । यसको जवाफमा इरानले इजरायलविरुद्ध घातक क्षेप्यास्त्र आक्रमण गरेको छ ।

ट्रम्पले इजरायली कारवाही शुरु हुनुअघि नै आफूलाई यसको जानकारी रहेको बताएका थिए । उनले आइतबार बिहान आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा संयुक्त राज्य अमेरिकाको ‘आज राति इरानमाथिको आक्रमणमा कुनै संलग्नता छैन’ भनी दोहोर्‍याए ।

“यदि इरानले हामीमाथि कुनै पनि रूपमा आक्रमण गर्‍यो भने अमेरिकी सशस्त्र बलको पूर्ण शक्ति र बल तपाईंमाथि यस्तो स्तरमा आइपर्नेछ जुन पहिले कहिल्यै देखिएको छैन”, उनले एक पोस्टमा भने, “हामी इरान र इजरायलबीच सजिलै सम्झौता गराउन सक्छौँ र यो रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्न सक्छौँ !!!”

ट्रम्पले शुक्रबार इरानलाई सम्झौता गर्न वा इजरायलबाट ‘अझ क्रूर’ आक्रमणको सामना गर्न आग्रह गरेका थिए ।

आफ्नो पहिलो कार्यकालमा एकपक्षीय रूपमा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिकालाई फिर्ता गरेका थिए । यससँगै इरानसँगको आणविक सम्झौता २०१८ यता मृतप्रायः छ । त्यसपछि अमेरिकाले इरानमाथि पुनःप्रतिबन्धहरू लगाउन थालेको थियो । उक्त सम्झौता पूर्वराष्ट्रपति बराक ओबामाको नेतृत्वमा भएको वार्तामार्फत भएको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४४ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६