इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो « Khabarhub

इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता भाँडियो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिकाबीच हुने भनिएको आणविक वार्ता अन्तिम समयमा रद्द भएको छ । इरान र इजरायलबीच द्वन्द्व चलिरहँदा इरान र अमेरिकाबीचको आणविक वार्ता अन्तिम समयमा रद्द भएको हो ।

यो वार्ता आइतबार ओमनमा हुने तय गरिएको थियो । यसअघि अमेरिका र इरानबीच विभिन्न चरणमा पटक पटक आणविक वार्ता भएको थियो, जसलाई दुबै पक्षले सकारात्मक रूपमा अर्थ्याउँदै आएका थिए ।

तर, वार्ता जारी रहेको बेला अचानक गत शुक्रबार इजरायलले इरानमाथि हमला गरेको थियो । इजरायली आक्रमणमा इरानका प्रमुख सैन्य कमाण्डरसहित आणविक वैज्ञानिक मारिएसँगै मध्यपूर्व थप अशान्त बन्न पुगेको बेला वार्ता भाँडिएको हो ।

ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले सामाजिक सञ्जाल पोस्टमार्फत वार्ता स्थगित भएको जानकारी दिएका हुन् । अल्बुसैदीले अगाडी भने– ‘कूटनीति र संवाद नै दिगो शान्तिको एक मात्र उपाय हो ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ५८ बजे

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले