निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु « Khabarhub

निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ । राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरेको जनाएको छ ।

राजदूतावासले हाल चलिरहेको इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ ।

यस्तो स्थितिमा इजरायलको होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि लगातार जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ । अहिलेको परिस्थितिमा इजरायलमा शैक्षिक संघ संस्था एवम् अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् । अहिले सभा तथा भेला नगर्न निर्देशन जारी गरिएको छ ।

‘‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ११ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको