भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु « Khabarhub

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।

पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताए ।

पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरेका थिए ।

उनले सात सय ७२ जना भूमिहीनको तथ्याङ्कसहित अव्यवस्थित बसोबासको विवरण तयार गर्नुभएकामा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो ।

यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : २८ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी