संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडा « Khabarhub

संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ : रामहरि खतिवडा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताएका छन् ।

लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा उनले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद् बैठकमा पेस गर्ने जानकारी गराएका हुन् ।

सभापति खतिवडाले नेपालमा प्रजातन्त्रको स्थापनासँगै विधिको शासन र योग्यतामा आधारित कर्मचारीको व्यवस्थापन गर्न लोक सेवा आयोगको स्थापना भएको बताउँदै आयोगका कामकारबाही अहिलेका पुस्ताका लागि पनि प्रेरणादायी भएका उल्लेख गरे ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको इतिहास र कामकारबाहीका बारेमा जानकारी गराउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत कर्मचारी छनोट गर्दै आएको बताए । 

उनले आयोगले निजामती कर्मचारीका साथै पछिल्लो समय सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि भर्ना प्रक्रियाका काम गर्दै आएको भन्दै कार्य क्षेत्राधिकार वृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गरेको उल्लेख गरे ।

आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद ज्ञापन गर्दै आयोगले आफ्नो विश्वसनीयता सधैँ कायम राखिराख्न आफ्ना योजना र कामकारबाहीलाई समयानुकूल परिमार्जन गर्दै आएको उल्लेख गरे ।

आयोगका सचिव किरणराज शर्माले स्वागत गर्दै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत जनमानसमा विश्वासको पर्यायवाची बनेको उल्लेख गरे ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ५४ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न