रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो | Khabarhub Khabarhub

रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसँग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने प्रतिबद्धता आएपछि आफूहरूले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत् नै रहेको उनले बताए ।

पुनले प्रतिपक्षीहरूले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानबिन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसँग संसदीय प्रक्रियाको अनुभव लिँदै अघि बढ्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्य दललाई जबरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले आग्रह गरे । पुनले संसदीय अङ्कगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ०० बजे

असोज १८ देखि २० सम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष

दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति

काठमाडौं, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र

युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

कीभ- युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छिन् ।

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा