भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित) | Khabarhub Khabarhub

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका मुलुकमा भुटानसहित एशियाका ४ मुलुक छन् । यस सूचीमा एशियाका भुटानसहित किर्गिजस्तान, सिरिया र कम्बोडिया पनि समावेश छन् ।

त्यसैगरी, अफ्रिकाका २५ मुलुकका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको वाशिङ्टन पोस्टले उल्लेख गरेको छ । अफ्रिकी मुलुकहरुमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

त्यस्तै अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको पोस्टले उल्लेख गरेको छ । ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित यससम्बन्धी मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ५५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न