भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित) « Khabarhub

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाले यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेका मुलुकमा भुटानसहित एशियाका ४ मुलुक छन् । यस सूचीमा एशियाका भुटानसहित किर्गिजस्तान, सिरिया र कम्बोडिया पनि समावेश छन् ।

त्यसैगरी, अफ्रिकाका २५ मुलुकका नागरिकलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी भइरहेको वाशिङ्टन पोस्टले उल्लेख गरेको छ । अफ्रिकी मुलुकहरुमा अङ्गोला, बुर्किना फासो, बेनिन, काबो भर्दे, क्यामरुन, डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो, जिबौटी, इथियोपिया, इजिप्ट, ग्याबोन, गाम्बिया, घाना, आइभोरी कोस्ट, लाइबेरिया, मलावी, मौरिटेनिया, नाइजर, नाइजेरिया, साओ टोमे एण्ड प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगाण्डा, जाम्बिया र जिम्बाब्वे छन् ।

त्यस्तै अमेरिकाले क्यारेबियन क्षेत्रका एन्टिगुवा एण्ड बारबुडा, डोमिनिका, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसियाका नागरिकमाथि पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको पोस्टले उल्लेख गरेको छ । ओसिनिया क्षेत्रका टोङ्गा, भानुआतु र तुभालुमा पनि यात्रा प्रतिबन्धको तयारी गरिरहेको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित यससम्बन्धी मेमो शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ५५ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ