विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह « Khabarhub

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा लाग्न सबै सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले गण्डकी प्रदेश उच्च विपद् जोखिमयुक्त स्थल भएकाले सम्भावित जोखिमको प्रतिकार्यका लागि तयारी हुनुपर्नेमा जोड दिए । 

यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वअनुमान गरिएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले त्यसतर्फ बेलैमा सचेत बन्नु जरुरी रहेको बताए । उनले सरोकार भएका निकायसँग सहकार्य र समन्वय गर्दै मनसुनजन्य विपद् प्रतिकार्यका लागि कार्य योजनाका साथ लाग्न सबै सुरक्षा निकायलाई निर्देशन दिए  । 

अन्तरराष्ट्रिय सीमासुरक्षासँगै विपद् व्यवस्थापन, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षालगायत सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिकाको मुख्यमन्त्रीले प्रशंसा गरे । सीमित साधन स्रोतका बाबजुद विपद् प्रतिकार्यमा प्रदेश सरकारले सुरक्षा निकायलाई सहयोग गर्दै आइरहेको उनले बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले देशमा शान्ति सुरक्षाको स्थापनासँगै विपद् उद्धरलगायत क्षेत्रमा सशस्त्र प्रहरी बलले महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । असीमित आवश्यकता र सीमित साधन स्रोतका बीचबाट प्रभावकारी सेवा प्रवाहमा प्रदेश सरकार अघि बढेको उनको भनाइ छ ।

उक्त अवसरमा मुक्तिनाथ बाहिनीलाई विभिन्न रूपमा सहयोग पुर्‍याएको भन्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, विभिन्न विधामा पुरस्कृत हुने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

उनहरूलाई मुख्यमन्त्री पाण्डेसहित पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेल, मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाहलगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । 
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ०० बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज